२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द
काठमाण्डौ – नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।
महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म च्यानलहरु बन्द हुनेछन् । विज्ञापनरहित च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ । विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन् । नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ ।
गलबन्दी विवाद सुल्झियो, शम्भु राईको नाम संगीतमा राखिने
काठमाडौं : गलबन्दी विवाद सुल्झिएको छ। दुबैपक्षले बुधबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै विवाद टुंग्याएका हुन्। गलबन्दी गीतमा संगीतकारका रुपमा
कञ्चनपुरका तेजा ऐर स् जसले अभिनयबाटै देश र विदेशमा चिनिने मौका पाए
कञ्चनपुर, खलनायकका रुपमा एक दशदेखि ठूलोदेखि सानो पर्दामा देखिदै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का तेजा ऐरले अभिनय गरेका चलचित्रको
चक्र बंमको नाच पुतली
चक्र बंमको नाच
प्रतिकृया दिनुहोस